Skip to main content
Prayatna Nepal Organization

दृष्टिबिहिनकी सारथी सरिता लामिछाने

Sarita Lamichhan

Sarita Lamichhane

Founder/Chairperson

calendar_today August 17, 2025 folder News Coverage

सरिता लामिछानेको जीवन संघर्ष र प्रेरणाले भरिएको छ। दृष्टिविहीन भएर पनि उनले शिक्षा, सशक्तिकरण र नेतृत्वको क्षेत्रमा उल्लेखनीय योगदान दिएकी छन्। बाल्यकालमा दृष्टिदोषका कारण उपेक्षा भोगेकी सरिताले ब्रेललिपिको माध्यमबाट एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरिन्।

उच्च शिक्षाको क्रममा उनले अपाङ्गता भएका महिलाहरूको हकमा काम गर्न थालिन्। सन् २०१५ मा ‘प्रयत्न नेपाल’ स्थापना गरी दृष्टिविहीन महिलाहरूको सशक्तिकरण, डिजिटल पहुँच, आत्मरक्षा तालिम, रोजगारीको अवस्था अध्ययनजस्ता कार्यहरू गरिरहेकी छन्।

सरिता सरकारी तथा सार्वजनिक डिजिटल प्लेटफर्महरूमा पहुँचयुक्तता नहुनु, पीडीएफ र प्रीति फन्टको प्रयोगले दृष्टिविहीनहरूलाई सूचना पाउन कठिनाइ हुने समस्याहरूको विरोध गर्दै आएकी छन्।

उनको उद्देश्य दृष्टिविहीन महिलाहरूलाई आत्मनिर्भर, सम्मानित र निर्णय क्षमता भएका नागरिक बनाउनु हो।