Skip to main content
Prayatna Nepal Organization

प्रयत्न नेपालको५ दिने गमनशिलताको तालिम सम्पन्न

Prayatna Editor

calendar_today May 13, 2023 folder News Coverage

एक ठाँउबाट अर्को ठाँउमा सहज रुपमा आउन जान सक्ने अर्थात आवत जावत गर्नुलाई नै गमनशिलता भनिन्छ । व्यक्ति एक ठाँउबाट अर्को ठाँउमा सहज रुपमा जान, हिड्डुल गर्न सक्ने भएमा उसका सबै दैनिक क्रियाकलापहरु सहज रुपमा सम्पन्न गर्न सकिन्छ । जब व्यक्तिलाई आवत जावतमा सहजता हुन्छ तब मात्र यसको जीवनयापनमा पनि सजिलो हुने गर्दछ । अन्य व्यक्तिहरुको तुलनामा दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरुको आवगमनमा केही अवरोधहरु हुन्छन् । जसको कारण उनीहरु एक्लै हिड्डुल गर्न चुनौती हुन्छ ।

हिड्दा लड्ने, ठोक्किने, खाल्डोमा पर्ने, चोटपटक लाग्ने गरेका धेरै उदाहरणहरु सुनिन्छन् । दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरु सहज रुपमा एक्लै सेतो छडी प्रयोग गरेर हिड्न सकुन भन्ने उदेश्यले दृष्टिविहीन अपाङ्गता भएका महिलाहरुको क्षेत्रमा काम गर्ने संस्था प्रयत्न नेपालले दृष्टिविहिन अपाङ्गता भएका महिलाहरुलाई ५ दिने गमनशिलताको तालिम प्रदान गरेको छ । यसै तालिममा सहभागी हुनु भएकी धादिङ्ग जिल्ला धुनीवेशी नगरपालिकाकी दृष्टिविहीन अपाङ्गता भएकी महिला सिता मगरले यो गमनशिलताको तालिम पहिलो पटक लिने अवसर पाएकोमा ज्यादै खुशी लागेको भन्दै आयोजकलाई धन्यवाद दिनु भयो । साथै उहाँले यस तालिममा हिड्न, बाटो पत्ता लगाउन, सेतो छडी समात्न, उकालो, ओरालोमा हिड्न सिकाउनु भएको र अब विगतका दिनहरुमा जस्तो एक्लै हिड्दा लड्ने, ठोक्किने, चोटपटक लाग्ने जस्ता दुर्घटनाहरुबाट सुरक्षित रहेने विश्वास व्यक्त गर्नु भयो ।

Follow below link for full article.