Skip to main content
Prayatna Nepal Organization

शिक्षा मन्त्रीलाई पत्र

Prayatna Editor

Sarita Lamichhane

Prayatna Chairperson

calendar_today August 11, 2024 folder News Coverage

माननीय मन्त्रीज्यू,

तपाईंले पदभार सम्हाल्नुभएको पनि एक महिना पुग्न लाग्यो। ढिलै भए पनि हार्दिक बधाई !

भनिन्छ, शिक्षा कोक्रोबाट सुरु भएर चितामा टुङ्गिन्छ। प्रश्न उठ्छ– के यो सबैको पहुँचमा पुगेको छ त? यस क्षेत्रमा कार्यरत सबै जनशक्तिले न्याय पाएका छन्? यहाँको शिक्षा झिकाउने, बिकाउने र टिकाउने बनेको छ त? सन्दर्भ यहाँ अपाङ्गता भएका व्यक्तिहरूको हो।

संविधानको धारा ३१(१) ले प्रत्येक नागरिकलाई प्रारम्भिक र माध्यमिक शिक्षा अनिवार्य तथा निःशुल्करूपमा प्राप्त गर्ने हक हुनेछ भनेको छ। र धारा ३१(२) ले दृष्टिबिहीन, बहिरा वा शारीरिक रूपमा अशक्त व्यक्तिलाई निःशुल्क शिक्षाको हक हुनेछ भनेको छ। तापनि समावेशी शिक्षामा अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाले भोग्नुपर्ने चुनौती विभिन्न प्रकारका छन्। यी चुनौतीले उनीहरूको शैक्षिक यात्रा जटिल बनाइरहेको छ।

Follow this link for full article