Skip to main content
Prayatna Nepal Organization

सिनेमामा किन उडाइन्छ अपांगतालाई ?

Prayatna Editor

Sarita Lamichhane

Prayatna Chairperson

calendar_today July 18, 2020 folder Opinion

मनोरञ्जन क्षेत्रको एउटा महत्वपूर्ण विधाका रूपमा चलचित्र स्थापित भइसकेको छ। यसलाई समाजको दर्पण पनि भन्ने गरिन्छ। समाज परिवर्तनमा यसको महत्वपूर्ण भूमिका रहने कुरा सर्वमान्य सिद्धान्तजस्तै स्वीकारिएको छ भन्दा अत्युक्ति नहोला। तर के यसले समाजका संवेदनशील मुद्दामा न्याय दिएको छ त ?

प्रसंग अपांगता भएका व्यक्तिको हो। यो प्रसंगलाई अघि बढाउँदा सर्वप्रथम अपांगता भनेको के हो भनेर बुझ्नु आवश्यक हुन्छ। अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धिअनुसार अपांगता भएका व्यक्ति भन्नाले शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रियसम्बन्धी दीर्घकालीन अशक्तताद्वारा उत्पन्न विभिन्न अवरोधसँगको अन्तक्र्रियाका कारणले समाजमा अन्य व्यक्तिसरह समान आधारमा पूर्ण र प्रभावकारी ढंगमा सहभागी हुन बाधा भएको व्यक्ति भन्ने बुझिन्छ ।

यस परिभाषाअनुसार अपांगता भएको व्यक्ति भनिन तीनवटा अवस्था छन्। क)    शारीरिक, मानसिक वा इन्द्रियसम्बन्धी दीर्घकालीन अशक्त अवस्था भएको। ख)   समाज वा वरिपरिको वातावरणसँग अन्तक्र्रिया गर्दा अवरोध सामना गर्नु परेको। ग) समाजमा अन्य व्यक्तिसरह समान आधारमा सहभागी हुन नपाएको ।

त्यसैगरी अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐनअनुसार अपांगता भएका व्यक्ति भन्नाले शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रिसम्बन्धी दीर्घकालीन अशक्तता, कार्यगत सीमितता वा विद्यमान अवरोधका कारण अन्य व्यक्तिसरह समान आधारमा पूर्ण र प्रभावकारी ढंगले सामाजिक जीवनमा सहभागी हुन बाधा भएका व्यक्ति सम्झनुपर्छ। अपांगता जन्मजात, विभिन्न प्रकारका रोगको संक्रमणमा समयमै उपचार नपाउँदा र दुर्घटनाको कारण पनि हुने गर्छ ।

नेपाली चलचित्रमा अपांगता भएका व्यक्तिलाई मुख्य पात्र बनाएर प्रस्तुत गरिए पनि ती चरित्र दया र लाचार रूपमा प्रस्तुत भएका छन्। यसको उदाहरणका रूपमा ‘दर्पणछायाँ’ चलचित्रमा उत्तम प्रधानको अभिनयमा स्थापित ‘अभि’ पात्र, ‘ए मेरो हजुर’ चलचित्रमा झरना थापाको अभिनयबाट स्थापित ‘श्रद्धा’ पात्र, ‘सुन्दर मेरो नाम’ चलचित्रमा गरिमा पन्तको अभिनयमा स्थापित ‘ज्योति’ पात्र, ‘किस्मत-२’ चलचित्रमा शिल्पा पोखरेलको अभिनयमा स्थापित आरती नामक पात्र, ‘भरोसा’ चलचित्रमा अरुणिमा लम्सालको अभिनयमा स्थापित ‘चमेली’ पात्र र चलचित्र ‘पर्खी बसेँ’मा युना उप्रेतीको अभिनयमा स्थापित ‘युना’ पात्रलाई लिन सकिन्छ।

Follow link for full article : https://annapurnapost.com/story/161507/