Skip to main content
Prayatna Nepal Organization

३ दिने पहुँचयोग्य डिजिटल सामाग्री विकास प्रशिक्षण समपन्न

Prayatna Editor

calendar_today August 18, 2022 folder News Coverage

आजको  युग भनेको प्रविधिको युग हो । प्रविधिको विकासले गर्दा आजका मानिसहरुले विश्वका कुनै पनि कुनामा भएका विकास, आविश्कार, क्षति, विपत, राम्रा वा नराम्र कुराहरुको जानकारी एकै छिनमा प्राप्त गर्दछन् ।यति मात्र नभएर प्रविधिको प्रयोग गर्दै अधिकांश व्यक्तिहरु आफै पनि आफु अनुकुल छिटो र छरितो तरिकाले आफ्ना कार्यहरु सम्पन्न गर्ने गरेका छन् । त्यसैले आजको दिनमा यो प्रविधि सबै मानवहरुका लागि अभिन्न अंग बनेको छ ।आफ्ना दैनिक जीवनमा प्रविधिको प्रयोग गर्दै कार्यहरु सम्पन्न गराउने, विश्वमा भएका कुनै पनि गतिविधिहरुसँग जानकार गराउने, जीवन सहज बनाउने उदेश्यले प्रयत्न नेपालले ओपन सोसाइटी फाउन्डेशनको सहयोगमा यही साउन २९ गते देखि ३१ गते सम्म अर्थात अगष्ट १४ तारिक देखि १६ तारिक सम्म ३ दिन विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरु र अपाङ्गताको क्षेत्र तथा सामाजिक क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधहरुलाई पहुँचयोग्य डिजिटल सामाग्री विकास प्रशिक्षण (Accessible Digital Content Development) प्रदान गरेको छ ।