प्रयत्न नेपालद्वारा आर्थिक वर्ष वि.स. २०८२/०८३ – २०८३/०८४ का लागि आवश्यक पर्ने विभिन्न सेवा तथा सामाग्रीहरूको आपूर्ति प्रयोजनका लागि नेपाल सरकारबाट स्वीकृति प्राप्त इच्छुक दर्ता भएका फर्म/कम्पनीहरू तथा व्यक्तिगत सेवा प्रदायकहरू बाट मूल्य सूची (Rate List) सहितको प्रस्ताव आह्वान गरिन्छ।
इच्छुक आपूर्तिकर्ता तथा सेवा प्रदायकहरूले आफूले उपलब्ध गराउने सेवा तथा सामाग्रीको विवरण र मूल्य सूची सहित आवश्यक कागजातहरू संलग्न गरी सूचना प्रकाशित भएको मितिले १० (दश) दिनभित्र आवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ।
आवेदन पेश गर्दा संलग्न गर्नुपर्ने कागजातहरू:
फर्म/कम्पनीका लागि:
- दर्ता प्रमाणपत्र
- स्थायी लेखा नम्बर (PAN) प्रमाणपत्र
- मूल्य अभिवृद्धि कर (VAT) दर्ता प्रमाणपत्र (नविकरण सहित)
- कर चुक्ता प्रमाणपत्र
- व्यक्तिगत सेवा प्रदायक (Consultant/Expert) का लागि:
- अद्यावधिक बायोडाटा (CV)
- विषयगत विशेषज्ञताको विवरण
- PAN कार्डको प्रतिलिपि
- अपाङ्गता परिचयपत्र (अपाङ्गता भएका व्यक्तिहरूको हकमा)
आपूर्ति गर्नुपर्ने सेवा तथा सामाग्रीहरू:
१. सेवा समूह (Services):
- होटेल तथा आतिथ्य सेवा
- लेखा परीक्षण (Audit) सेवा
- परामर्श सेवा (Consultancy) जस्तै: यौन तथा प्रजनन स्वास्थ्य अधिकार (SRHR), महिनावारी व्यवस्थापन, अपाङ्गता समावेशी विकास, डिजिटल पहुँचयुक्तता (Accessibility Audit), गमनशीलता (Mobility Training), प्रस्ताव लेखन (नेपाली/अंग्रेजी), अनुवाद सेवा, डिजिटल सुरक्षा तालिम, परियोजना मूल्याङ्कन (Evaluation), वेबसाइट तथा एप विकास, सांकेतिक भाषा दोभाषे, क्याप्सनर तथा भाषा अनुवादक
२. आपूर्ति तथा मर्मत (Supply & Maintenance):
- स्टेशनरी (मसलन्द) सामग्री
- कम्प्युटर, ल्यापटप, प्रिन्टर, क्यामरा, मोबाइल तथा पार्टपुर्जा
- उपकरण मर्मत सेवा
- इलेक्ट्रिकल तथा प्लम्बिङ्ग सेवा
३. अन्य सेवाहरू:
- गाडी भाडा तथा ढुवानी सेवा
- रेडियो/टिभी सामग्री पहुँचयुक्त ढाँचामा निर्माण तथा प्रसारण
- रेकर्डिङ स्टुडियो सेवा
- विज्ञापन सेवा
- फ्लेक्स, ब्यानर, फोटोकपी तथा छपाई
- फर्निचर तथा फर्निसिङ्ग
- कुरियर सेवा
- किराना तथा अन्य कार्यालय आवश्यक सामग्री
आवेदन पेश गर्ने स्थान र माध्यम
📧 इमेल: [email protected]
📞 सम्पर्क नम्बर: ९८५१३१२४३३
📍 सम्पर्क कार्यालय: प्रयत्न नेपाल, रानीवन, काठमाडौँ
छनौट सम्बन्धी मापदण्ड तथा सर्तहरू:
- प्राप्त आवेदनहरूलाई मूल्य, योग्यता तथा अनुभव को आधारमा मूल्याङ्कन गरिनेछ।
- सूचिकृत भएका फर्म/कम्पनी/विशेषज्ञहरूबाट मात्र आवश्यकता अनुसार सेवा तथा सामाग्री खरिद गरिनेछ।
- सन्तोषजनक सेवा नदिने वा समयमै आपूर्ति नगर्ने आपूर्तिकर्तालाई पूर्व सूचना बिना सूचिबाट हटाउन सकिनेछ।
- सूचिकरण गर्ने वा नगर्ने अन्तिम अधिकार प्रयत्न नेपालमा निहित रहनेछ।
- यस सम्बन्धमा कुनै दाबी वा उजुरी मान्य हुने छैन।
आवेदन पेश गर्ने अन्तिम मिति :
यो सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन पेश गर्नु पर्नेछ।
