Skip to main content
Prayatna Nepal Organization

सुची दर्ता गर्ने सम्बन्धि सूचना (Roster Registration)

calendar_today October 4, 2023

यस प्रयत्न नेपाललाई वि.स. २०८०/२०८१ का लागि तपशिलमा उल्लेख गरिए बमोजिमका सेवा तथा सामाग्रीहरुको आपूर्ति प्रयोजनको लागि नेपालमा रहेर सेवा प्रदान गर्न  स्वीकृती प्राप्त गरेका इच्छुक रजिष्टर् फर्म तथा कम्पनीहरु ...

प्रयत्न नेपाल

ताल्छिखेल-१४, ललितपुर (प्रमुख कार्यालय)

नागार्जुन-१, रानीवन, काठमाडौँ (सम्पर्क कार्यालय)

मुल्य सूची दर्ता  सम्बन्धि सूचना

यस प्रयत्न नेपाललाई वि.स. २०८०/२०८१ का लागि तपशिलमा उल्लेख गरिए बमोजिमका सेवा तथा सामाग्रीहरुको आपूर्ति प्रयोजनको लागि नेपालमा रहेर सेवा प्रदान गर्न  स्वीकृती प्राप्त गरेका इच्छुक रजिष्टर् फर्म तथा कम्पनीहरु र व्यक्तिगत सेवा प्रदायकहरुले आफुले आपूर्ति गर्ने सामाग्री एवं सहजिकरण  सेवाहरुको मुल्यसुची सहितको विवरण र फर्म/कम्पनीको दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाणपत्र, मुल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र (नविकरण र सूचि दर्ताको लागि निवेदन र व्यक्तिगत विशेषज्ञताको सवालमा आफ्नो विषय विशेषज्ञता, CV  र प्यान कार्ड अपाङ्गता भएका व्यक्तिहरूको सवालमा अपाङ्गता परिचयपत्र सहित समेत संलग्न गरि यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र (२०८० असोज २२ गतेसम्म) कार्यालय समयमा यस प्रयत्न नेपालको सम्पर्क कार्यालय रानीवन काठमाण्डौंमा वा तपशिल बमोजिमको इमेल ठेगानामा पठाउनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

आपूर्ति गर्नुपर्ने समान तथा सेवाहरुः

  • होटेल सेवा
  • परामर्श सेवाहरु (विषय विज्ञताको क्षेत्रहरु खुलाई जस्तै : यौन तथा प्रजनन् स्वास्थ्य अधिकार, महिनावरि, , अपाङ्गता समावेशि विकास, पहुँचयुक्तता, गमनशिलता तथा प्रस्थावना लेखन दस्तावेज नेपालि र अम्ग्रेजिमा अनुवाद   जस्ता अन्य विषयविज्ञहरु)
  • सांकेतिक भाषा दोभाषे, नेपाली अंग्रेजी भाषा अनुवादक, क्याप्सनर
  • रेडियो र टीभीमा प्रसारण गरिने सचेतनामूलक सामाग्रीहरु निर्माण तथा प्रसारण
  • विज्ञापन सम्बन्धि सेवाहरु
  • मसलन्दसँग सम्बन्धित सामाग्री (स्टेशनरी)
  • गाडी भाडा सेवा, , सामाग्री ढुवानी सेवा
  • कम्प्यूटर, ल्यापटप, प्रिन्टर, क्यामरा, रेकर्डर, मोबाइल र सोका पार्टपुर्जा आपूर्ति तथा मर्मत
  • फ्लेक्स ब्यानर,फोटोकपी तथा छपाई सम्बन्धी सेवाहरु
  • फर्निचर तथा फर्निसिङ्ग सम्बन्धी सामाग्री तथा सेवाहरु
  • कुरियर सेवा
  • तथा इलेक्ट्रिक र प्लम्बिङ्ग मर्मत सेवा तथा सामाग्रीहरु
  • विविध (कार्यालयलाई आवश्यक पर्ने किराना सम्बन्धि सामाग्रीहरु)

अन्य थप जानकारीः

  • रित पुर्वक प्राप्त हुन आएको फर्मको मुल्य, योग्यता र दक्षताको आधारमा छनौट गरिने छ ।
  • सूचिकृत भएको विक्रेता, फर्म विशेषज्यहरूबाट तथा कम्पनीहरुबाट मात्र यस संस्थाको आवश्यकता अनुसारको सामान खरीद तथा सेवा लिनेछ।।
  • सूचिकृत भएको फर्म तथा कम्पनीहरुले सन्तोषजनक सेवा तथा समयमा सामान उपलब्ध नगराएमा बिना सूचना हटाउन सकिनेछ र यस उपर कुनै दाबी विरोध गर्न पाईने छैन ।
  • यस सम्बन्धि थप जानकारी आवश्यक परेमा यस संस्थाको फोन नम्बर ९८५१३१२४३३ मार्फत जानकारी प्राप्त गर्न सकिने छ ।
  • सूचिकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस संस्थामा नै निहित रहनेछ ।

 

सूचिकृतका लागि संस्थाको इमेल तथा सम्पर्क नं:

[email protected], ९८५१३१२४३३